
Bhojpur Run Start from 28 January 20117 with the slogan of 'Bhojpur run for Health & Sports, Healthy community with Discipline- Build the Nation.' It's to continued with more than 65 weeks.

Introduction
नेपालको प्रदेश नं. १ मा अवस्थित भोजपुर जिल्लाको नाम नेपालको इतिहासमा सदा स्वर्णिम अक्षरले लेखिने गरेको छ । नेपालको राजनैतिक तथा सामाजिक परिवर्तनको सन्दर्भमा सदा अग्रस्थानमा उभिने भोजपुर जिल्ला आर्थिक रुपमा भने यहाँका नागरिकले सोचे अनुरुपका गतिमा अगाडि बढ्न नसकेको सर्वविदितै छ । आर्थिक र भौगोलिक रुपमा पछाडी परे पनि भोजपुर जिल्लाले नेपालको इतिहासमा धेरै महापुरुषहरु जन्माउन सफल भएको छ । नेपालको प्रदेश नं. १ मा अवस्थित भोजपुर जिल्लाको नाम नेपालको इतिहासमा सदा स्वर्णिम अक्षरले लेखिने गरेको छ । नेपालको राजनैतिक तथा सामाजिक परिवर्तनको सन्दर्भमा सदा अग्रस्थानमा उभिने भोजपुर जिल्ला आर्थिक रुपमा भने यहाँका नागरिकले सोचे अनुरुपका गतिमा अगाडि बढ्न नसकेको सर्वविदितै छ । आर्थिक र भौगोलिक रुपमा पछाडी परे पनि भोजपुर जिल्लाले नेपालको इतिहासमा धेरै महापुरुषहरु जन्माउन सफल भएको छ ।
भोजपुर जिल्लामा खेलकुदका स्थिति दयनिय रहेको अवस्थामा यस क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले वि.सं. २०५८ मा स्थापना भइ फुटबल संघ सँग आबद्ध रिमाचोङ्ग स्पोर्टस् एकेडेमीको रुपमा संचालित एकेडेमी खेलकुद विकास ऐन २०४८ तथा खेलकुद विकास नियम २०४९ (चौथो संसोधन) नियम ७ को उपनियम ४को (च) अनुसार वि.सं.२०७३ मंसिर २४ गते आधिकारीक रुपमा रिमाचोङ्ग एजुकेसन एण्ड स्पोर्टस् एकेडेमी भोजपुरको नाममा जिल्ला खेलकुद विकास समिति भोजपुरमा आबद्ध भई संचालनमा रहेको छ । यस एकेडेमीले स्थापना काल देखी नै खेलकुद क्षेत्रमा विभिन्न गतिविधीहरु संचालन गर्दै आइरहेको छ । भोजपुर जिल्लाको सन्दर्भमा यस एकेडेमीको मूल लक्ष्य व्यावसायिक खेल प्रवद्र्धन एवं परम्परागत खेलहरुको खोज तथा अनुसन्धान गरि मुलप्रवाहिकरण गर्दै सम्बन्धित खेलहरुको खेलाडी उत्पादन गर्ने रहेको छ । साथै यस एकेडेमीले शिक्षा तथा सामाजिक क्षेत्रमा पनि विभिन्न गतिवितधी गरि योगदान पु¥याउने उद्देश्य पनि लिएको छ ।यस एकेडेमीले आफ्नो उद्देश्य अनुरुप स्थापना काल देखि नै फुटबल, भलिबल, बक्सिङ्ग, आर्चरी, एथलेटिक्स, म्याराथन तथा अल्ट्रा दौड सम्बन्धी गतिविधीहरु संचालन गर्दै आइरहेको छ । हाल यस संस्थामा सबै खेलहरुको एकसय भन्दा बढी संंख्यामा खेलाडीहरुले दैनिक आंसिक रुपमा अभ्यास गरिरहेका छन् । यस एकेडेमीले आफ्नो स्थापना कालदेखि नै जिल्ला तथा जिल्ला बाहिर संचालित विधागत प्रतियोगीताहरुमा आफ्नो सक्रिय सहभागीता जनाउँदै आइरहेको छ । यस एकेडेमी बाट हाल भोजपुर जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडीहरु पुरुष फुटबल तर्फ ५जना, महिला फुटबल तर्फ १६ जना, पुरुष भलिबल तर्फ १ जना, महिला भलिबत तर्फ ५ जना र पुरुष म्याराथन तर्फ १ जना र महिला रोड रन तर्फ १ जना रहेका छन् । त्यसै गरि काठमाडौँ म्याराथन २०७३ मा दावाँली मिलन क्लबको सहयोगमा सहभागी सुनिता राई महिला तर्फ आठौँ र रामबहादुर गुरुङ्ग पुरुष तर्फ बाह्रौँ स्थान प्राप्त गर्न सफल भएका थिए । त्यसैगरि हालै सम्पन्न धरान रन नेवा च्यरीटी रेशमा यस एकेडेमीको तर्फबाट महिला र पुरुष गरि जम्मा १० खेलाडी सहभागी भएका थिए । जसमा १६ वर्ष मुनी एकेडेमीको तर्फबाट बिना राई र खुला महिला तर्फ प्रतिभा श्रेष्ठ ले चौथो स्थान हासिल गर्नका साथै सम्पुर्ण धावकहरुले रेश पुरा गरेका थिए ।
यस एकेडेमीले आफ्नो बार्षिक उत्सवको अवसर पारेर हाल सम्म नियमित शिवाहाङ्ग कप शिर्षक राखेर फुटबल प्रतियोगिता संचालन गरिरहेको छ । त्यसै गरि यस एकेडेमीले प्रथम मैयुङ्ग हाँस पोखरी २०७४ को अवसर पारेर दावाँली मिलन क्लबसँगको सहकार्यमा स्थानिय आयोजकको हैसियतमा पहिलो भोजपुरमैयूङ्ग स्काई दौड २०७४ (३३ कि.मी.), टे«ल रनिङ्ग नेपालसँगको सहकार्यमा स्थानिय आयोजकको हैसियतमा भोजपुर ट्रेल रेश २०७४ (१८ कि.मि.) तथा आफ्नै प्रयासमा 'Bhojpur run for Health & Sports, Healthy community with Discipline- Build the Nation.' भन्ने मुल नाराको साथमा साप्तहिक भोजपुर रन सफलता पुर्वक आयोजना गरिरहेको छ । २०७३ पौष १६ गते जि.खे.वि.संघ भोजपुरका उपाध्याक्ष श्री सरोज बस्नेत बाट उद्घाटन भई सुरु भएको भोजपुर रन हाल ६५औँ हप्ता सम्म निरन्तर संचालन भइरहेको छ । हाल यस एकेडेमीले यस क्षेत्रमा रहेका परम्परागत खेलहरुको खोज÷अनुसन्धान गर्नका निम्ति योजना बनाइरहेको छ ।२. उद्देश्ययस रिमाचोङ्ग एजुकेशन एण्ड स्पोर्टस् एकेडेमी भोजपुरको उद्देश्य देहाय बमोजिमका रहेका छन् –ड्ड व्यावसायिक खेलहरुको प्रवद्र्धन गर्ने,ड्ड भोजपुर जिल्लामा खेलिने परम्परागत खेलहरुको खोज तथा अनुसन्धान गरि मूलप्रवाहिकरण गर्ने,ड्ड खेलाडीहरु उत्पादन गरि उनीहरुलाई व्यावसायिक बनाउन सहयोग गर्ने,ड्ड भोजपुर जिल्लामा रहेको प्राकृितक अल्ट्रा, स्काई ट्रेल तथा पद मार्गहरुलाई परिचित गराउने,ड्ड अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने व्यावसायिक खेलाडी उत्पादन गर्ने,ड्ड अग्रज खेलाडीहरुको सम्मान,ड्ड भोजपुर जिल्लाको खेल पर्यटन प्रवर्धनमा सहयोग पु¥याउने,ड्ड यस क्षेत्रलई अल्ट्रा, स्काई र ट्रेल रेसको हाइ अल्टिच्युड ट्रेनिङ्ग सेन्टरको रुपमा विकास गर्न मद्दत पु¥याउने,ड्ड खेलकुदको माध्यमबाट लागुपदार्थ दुव्र्यसन रोक्न मद्दत गर्ने साथै दुव्र्यसनमा फसेको युवाहरुलाई पुनः स्थापनाको मौका प्रदान गर्ने, ड्ड सामजिक र लैङ्गिक सद्भावको सन्देश प्रवद्र्धन गर्ने । ३. नीतिहरुयस रिचोङ्ग एजुकेशन एण्ड स्पोर्टस् एकेडेमीको कार्यनीतिहरु देहाय बमोजिकका रहेका छन्–ड्ड नाफा रहित,ड्ड ग्रामिण क्षेत्रलाई प्राथमिकता,ड्ड खेलकुद र शिक्षा क्षेत्रलाई प्राथमिकता,ड्ड महिला, युवा र बालबालिका लक्षित,ड्ड अनुशासन,ड्ड निरन्तरता,ड्ड समहभागीता मूलक र समान अवसरड्ड विचार र भावनाको कदर,ड्ड जैविक, जातिय, भाषिक, धार्मिक, सामाजिक तथा सँस्कृतिक विविधताको प्रवद्र्धन, लैङ्गिक समानता र सम्मान (यस एकेडेमीद्वारा आयोजना गरिएका प्रतियोगिताहरुमा महिला र पुरुषलाई समाना पुस्कारको व्यावस्था गरिएको छ । साथै भविष्यमा पनि निरन्तरता दिने योजना रहेको छ ।) सरकारी, गैरसरकारी तथा दातृ निकायहरुसँग समन्वय तथा सहकार्य गर्ने,ड्ड विपन्न वर्गलाई लक्षित सहयोग कार्यक्रम, ड्ड निःशर्त र निश्वार्थ समाजिक सेवा,ड्ड भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सम्भव र सहज किसिमका कार्यक्रम बनाउने ( एकेडेमीले भोजपुर जिल्लाको भौगोलिक अवस्थालाई मध्य नजर गर्दै अल्ट्रा र स्काई दौडहरु आयोजना गर्दै अमएको छ)।




Third Temkemaiyung MUNDHUM Ultra Trail Race 2019
27 April 2019
Cash NRS,25000.00 for Ladies & Gents
Cash NRS. 20000.00 for Ladies & Gents
Cash NRS. 15000.00 for Ladies & Gents
Cash NRS. 10000.00

Bhiojpur, Nepal

+9779852052055
resabhojpur@gmail.com

Rimachong Sports Academy, Bhojpur

© Copyright resabhojpur
Make a free website with Yola